केपी ओली विचारमा पनि स्खलित भइसकेः नेकपा अध्यक्ष प्रचण्ड

केपी ओली विचारमा पनि स्खलित भइसकेः नेकपा अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली विचारमासमेत स्खलित भइसकेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशलाई भड्खालोमा हालेको बताएका छन् । उनले सदन भंग नभएको बताएका छन् । उनले केपी ओली नेतृत्वको सरकार मात्रै भंग भएको बताए ।

‘हामी माननीयहरु जिवित नै छौं । संसद भंग भएको छैन् केपी ओली नेतृत्वको सरकार मात्रै भंग भएको छ । हामीले केपी ओलीलाई बुझ्न सकिएनछ । संविधानमाथि अहिलेसम्म कसैले प्रहार गर्न सकेको थिएन । मलाई अहिले सपना जस्तो लागेको छ । केपी ओली विचारमा पनि स्खलित भइसके । उहाँ निरंकुश तानाशाहा हो । उहाँले मुलुकलाई भड्खालोमा हाल्दै हुनुहुन्छ ।’, उनले भने ।