एजेन्सी – कोरोना भाइरसविरुद्ध भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना खोप र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन कोरोना खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ ।
डीसीजीआईले दिएको जानकारीअनुसार भारत बायोटेकले विकास गरेको कोरोना खोप ७० दशमलव ४२ प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप भारतको भ्याक्सिन हो । यो भारत मेडिकल रिसर्च काउन्सिलको सहयोगमा भारत बायोटेकले बनाएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको यो महत्वपूर्ण फैसलाबारे प्रतिक्रिया दिँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘डीसीजीआईले सेरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेक खोपलाई अनुमति दिएको छ । यसको सहयोगमा मुलुक कोरोना मुक्त बन्न सहयोग पुग्नेछ । बधाई भारत ।’
डीसीजीआईका निर्देशक डा. विजी सोमानीले कोरोना विषय विशेषज्ञ समितिले शनिबार भ्याक्सिनको आपतकालीन प्रयोगका लागि भारत बायोटेकको ससर्त स्वीकृति सिफारिस गरेको जानकारी दिए ।
डीसीजीए निर्देशकले भारत बायोटेकले भ्याक्सिनको मानव र विभिन्न पशु प्रजातिमा गरिएका सबै परीक्षणको तथ्यांक सीडीएससीओसंग एकसाथ गरिएको बताए । अहिले सम्म उपलब्ध डाटामा आधारित, खोप सुरक्षित रहेको फेला परेको छ ।




प्रतिक्रिया