क्यापिटल हिंसा पछि ह्वाइट हाउसका उच्च पदाधिकारी धमाधम राजीनामा दिँदै

क्यापिटल हिंसा पछि ह्वाइट हाउसका उच्च पदाधिकारी धमाधम राजीनामा दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्र भएकाे हिँसापछि प्रथम महिला मेलानिया ट्रम्पका शीर्ष पदाधिकारीहरुले राजीनामा दिएका छन् ।

बुधवार क्यापिटल हिलमा भएको हिंसापछि मेलानियाका प्रमुख सचिव एवं ह्वाइट हाउसका संचार अधिकृत स्टिफेन ग्रासम, सामाजिक सचिव अन्ना क्रिस्टिना र प्रेस सहयोगी म्याथ्यू पोटिंगरलगायतले राजीनामा दिएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटलमा राष्ट्रपति पदको निर्वाचन परिणाम प्रमाणीकरण रोक्न खोज्ने क्रममा कब्जा गरेका थिए । त्यसपछि स्टेफनी ग्रिसमले प्रथम महिला मेलानियाको स्टाफ चीफको पदबाट राजीनामा दिएकी छन् ।

‘ह्वाइट हाउसबाट देशको सेवा गर्न पाउनु महत्वपूर्ण कुरा हो । मिलोनिया ट्रम्पको जताततै बच्चाहरूलाई मद्दत पुर्‍याउने अभियानको एक हिस्सा हुन पाएकोमा म धेरै गर्व गर्दछु, र प्रशासनको धेरै उपलब्धीमा गर्व गर्दछु, ’ ग्रिसमले विज्ञप्तिमा भनेकी छिन् ।

ग्रिसम, जसले पहिलो महिलाको स्टाफ चीफ बन्नु अघि व्हाइट हाउसका प्रेस सचिवको रूपमा एक वर्ष बिताएकी थिइन् । त्यस्तै ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि राजीनामा दिने तयारी गरिरहेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन अमेरिकी क्यापिटल तोडफोड गरेको भन्दै राजीनमा दिने तयारी गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्रै पसेर आक्रमण र तोडफोड गरेका थिए । संसद भवनभित्रै गोली लागेर चार जनाको मृत्यु भएको छ भने राजधानी वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ ।