क्यापिटल हिलको हिंसापछि ट्वीटर, फेसबुक र इन्स्टाग्रामले ब्लक गर्‍यो ट्रम्पको अकाउन्ट

क्यापिटल हिलको हिंसापछि ट्वीटर, फेसबुक र इन्स्टाग्रामले ब्लक गर्‍यो ट्रम्पको अकाउन्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पको सोसल मिडिया साइट ट्वीटर, फेसबुक र इन्स्टाग्राम अकाउन्ट ब्लक भएको छ ।

सोसल मिडिया साइट्सले उनको एक भिडियो विवादित भएको भन्दै उनको अकाउण्ट्स ब्लक गरिदिएको हो । साथै भविष्यमा पनि यसतो काम गरे अकाउण्ट परमानेन्ट ब्लक गरिदिने चेतावनी दिएका छन् ।

ट्वीटरले ट्रम्पको विवादित बयानसँग जोडिएका ३ ट्वीट हटाएको छ । यो भन्दा पहिला फेसबुक र यूट्यूबले ट्रम्पको भिडियो रिमूभ गरेको थियो । क्यापिटल हिलको हिंसापछि ट्रम्पले ट्वीटरमा १ मिनेटको भिडियो पोस्ट गरेका थिए ।

जसमा उनले आफ्ना समर्थकलाई भनेका छन्, ‘मलाई थाहा छ कि, हामीबाट चुनावको नतिजा छिनिएको छ, यो पटक चुनावमा धोका भएको छ, तर हामी उनीहरुको हातमा खेल्न सक्दैनौँ, हामीले शानित राख्नुपर्छ, घर फर्किनुस् ।’

अमेरिकी संसद परिसरमा ट्रम्प समर्थकले गरेको हिंसामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । जसमध्ये एक महिला रहेकी छन् ।

बुधवार अमेरिकी राष्ट्रपतिको अन्तिम चुनाव नतिजा सार्वजनिक गर्नु पहिल्यै ट्रम्प समर्थकले संसदमा पसेर तोडफोड गरेका थिए । उनीहरुले ट्रम्प नै अमेरिकाको राष्ट्रपति हुनुपर्ने र यो चुनावमा धाँदली भएको भन्दै चुनावको मतपरिणाम सार्वजनिक नगर्न भनेका थिए ।