काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केहि ठाउंमा आंशिकदेखि सामान्य बदली हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
राति भने प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह समेत गरेका छन् ।




प्रतिक्रिया