काठमाण्डु– सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् । पत्नी सीता दाहालको उपचारका लागि पुस २० मा भारतको राजधानी नयाँदिल्ली हुदै मुम्बई गएका प्रचण्ड आज साँझ काठमाण्डु फर्कन लागेका हुन् ।
पाँच दिन मुम्बइमा पत्नी सँगै रहेका प्रचण्ड आज नेपाल वायुसेवा निगमको दिल्ली–काठमाण्डु उडानबाट स्वदेश फर्कन लागेका उनको सचिवालयले जनाएको छ ।
सीता विगत लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । उनको हाल मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार चलिरहेको छ ।
यसअघि सीतालाई विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । सीतालाई उपचारकै क्रममा छोरीहरुसँग छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया