आज ३३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै कांग्रेस

आज ३३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै कांग्रेस


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोधसभा गर्दैछ ।

यहि पुस १९ गते बसे बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै सबै प्रदेशसभाको ३३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुरुप कांग्रेसले आज सबै प्रदेशसभाको ३३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्न लागेको हो । प्रदर्शनलाई सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सोही बैठकले आगामी माघ ३ गते शनिबार देशैभरका ७५३ पालिकाहरूमा र माघको ८ गते ६ हजार ७४३ वडाहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना निर्णय गरेको छ ।