काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघ नेपालले आज शनिबार काठमाण्डुमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको समर्थनमा युवा संघले काठमाण्डुका विभिन्न चार ठाउँबाट जुलुस निकाल्दैछ ।
काठमाण्डुका विभिन्न स्थानबाट निस्किएको जुलुस प्रज्ञा भवनमा पुगेर सभामा परिपणत हुने छ । सो सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको युवा संघले जनाएको छ ।
पछिल्लो समय संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ भने ओली समुह पनि विघटनको औचित्य पुष्टि गर्न र चुनावको तयारीमा जुट्न भन्दै विभिन्न जुलुस तथा कार्यकर्ता भेलामा निस्किएको छ ।
साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सँगै मुलुकका अन्य साना दलहरुले समेत संसद विघटनको चर्को विरोध गर्दै आइरहेका छन् ।




प्रतिक्रिया