पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ३ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार ९ सय २८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ७४ हजार ५ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय १२ पुगेको छ ।