सडकबाट दवाव नदिऔं, अदालतले भनेपछि प्रचण्डहरु चुनावमा आउँछनः देउवा

सडकबाट दवाव नदिऔं, अदालतले भनेपछि प्रचण्डहरु चुनावमा आउँछनः देउवा


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध अदालतको निर्णय पर्खिनुपर्ने बताएका छन् ।

विघटनविरुद्ध देशभर प्रदर्शनका क्रममा काठमाण्डुको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले ओलीले चालेको बदम असंवैधानिक भए पनि संसद विघटनविरुद्धको मुद्या अदालतमा विचाराधिन रहेकाले सडकबाट दवाब दिन नमिल्ने बताएका हुन् ।

‘अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न हुँदैन । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ,’ उनले भने, ‘अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर ग¥यो भने कांग्रेस चुनावमा जान्छ, अरु पनि जान्छन् । सर्वोच्च अदालतमा ठूलो अदालत जनता हुन्, जनतामा जाँदा के बिग्रिन्छ ।’

ओलीले सुदूरपश्चिमको धनगढी पुगेर चुनाव गराउँछु भनेकाले अदालतले पनि सोही बमोजिम निर्णय गरेमा प्रचण्डहरु पनि चुनावमा आउने देउवाको भनाई थियो ।

उनले भने, ‘प्रधानमन्त्री ओली आफैं चुनाव प्रचारमा गइसक्नुभएको छ । अदालतले सोही बमोजिम निर्णय गरेमा ढिलो चाँडो चुनाव हुन्छ, प्रचण्डहरु पनि चुनावमा आउँछन् ।’