चार पूर्वप्रधानन्यायाधीशमाथि प्रधानमन्त्रीको आक्रोश :उहाँहरूले जे भन्यो,त्यहीँ हुनुपर्ने हो भने अदालत किन चाहियो?

चार पूर्वप्रधानन्यायाधीशमाथि प्रधानमन्त्रीको आक्रोश :उहाँहरूले जे भन्यो,त्यहीँ हुनुपर्ने हो भने अदालत किन चाहियो?


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिनक भनेर विज्ञप्ति निकाल्ने चार पूर्वप्रधानन्यायाधीशमाथि आक्रोश व्यक्त गरेका छन्।

शनिबार आफू निकट युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई नधक्याउन सचेत गराएका हुन्।

‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने? भन्दै सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट? भनेर प्रश्न गरेका छन्। ‘उहाँहरूले जे भन्यो, त्यहीँ हुनुपर्ने हो भने अदालत किन चाहियो?, ‘प्रधानमन्त्री ओलीले भने।

उनले सम्मानित र स्वतन्त्र न्यायपालिकाका कदर गर्न सिक्न र अगाडि बढ्न पनि आग्रह गरे। उनले आफूहरुले कहिल्यै पनि न्यायापालिकाका विरुद्ध नारावाजी गर्ने र अपमानित ढंगले नबोलेको बताए।