आइतबारकाे माैसम पूर्वानुमान कस्तो रहला ?

आइतबारकाे माैसम पूर्वानुमान कस्तो रहला ?


काठमाण्डु –जल तथा मौसम पूर्वानुमान महाशाखाले  आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि  प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने को मौसमविदले बताएका छन्।

आइतबार राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। अहिले बिहान देशका केही भूभागमा आंशिक बदली रहेको छ।  मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएको छ ।