काठमाण्डु – आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ ।
शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंयामा कारोबार भएको छापावाला सुनको मुल्य साताको पहिलो २३ सयले घटेर ९३ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको ९३ हजार ५०० रुपैंया रहेको छ । चाँदीको मुल्य पनि ६० रुपैंयाले घटेर आज तोलाको १२ सय ७० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया