एजेन्सी – भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको प्रगाढ सम्बन्ध रहेको बताएका छन् ।
भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा मन्त्री सिंहले आफ्नो भाई केही कुरामा रिसाएपनि त्यसलाई बसेर फकाउने बताएका छन् । त्यस्तै उनले नेपाललाई भाइकाे संज्ञा दिएका छन् ।
‘नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध भएकोले नेपालसँग कुनैपनि विषयमा झगडा गर्नै सकिदैन्,’ उनले भने, ‘चाहे नेपालले हाम्राबारेमा जुनसुकै टिप्पणी गरे पनि नेपाल हाम्रो भाइ हो । नेपालसँगको सम्बन्धमा कुनै पनि गलत प्रतिक्रिया दिन सकिँदैन ।’
नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध भएकाले त्यसलाई टुट्न नदिने उनले बताए । मन्त्री सिंहले नेपाल र भारत भाइ भाई भएको र भाई भाईबीच जग्गा केही मिचामिच भएपनि त्यसलाई सुल्झाउने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भटे गर्न समय नदिएको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला मन्त्री सिंहको यस्तो भनाई बाहिर आएको हो ।




प्रतिक्रिया