काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सेरम इन्स्टीट्यूट अफ इण्डियाको भवनमा आगलागी भएको छ ।
भारतको पुणेस्थित सीरम इन्स्टीट्यूट अफ इण्डियाको टर्मिनल १ को तेश्रो र चौथो तलामा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । आगो निभाउँन दमकल, सुरक्षाकर्मी र स्थानियहरु घटनास्थल पुगेका छन् ।
आगलागीको कारण र अहिलेसम्म के कति क्षति भयो भन्ने खुलाइएको छैन । उक्त बिल्डिङबाट ४ जना कर्मचारीलाई सुरक्षित निकालिएको छ ।
सेरमले भारतमा अक्सफोर्ड अष्ट्राजेन्काले विकास गरेको कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गर्दै आइरहेको छ ।
बिहीबार नेपाल आइपुगेको खोप पनि सेरमले नै उत्पादन गरेको हो ।
Looks like a major fire at the Serum Institute of India, the manufacturer of the Covishield vaccine. Hope everyone is safe.
pic.twitter.com/4h92dx9WTO— Anand Ranganathan (@ARanganathan72) January 21, 2021




प्रतिक्रिया