काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले माघ १३ देखि २८ गतेसम्म सरकारविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको छ ।
घोषित कार्यक्रमअनुसार १३ गते सिट्टी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना(जहाँ प्रतिनिधिसभा र प्रदेश सभाका सदस्य उपस्थित हुने), १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाण्ण्डुमा युवा र्याली , २६ गते देशव्यापी मशाल जुलुस र २८ गते काठमाण्डुमा वृहत विरोध प्रदर्शन गर्ने बताइएको छ ।





प्रतिक्रिया