प्रदेश १ः कोसी अस्पतालका दुई डाक्टरले लगाए पहिलो खोप, आज २८ हजार ६०५ जनालाई लगाइने

प्रदेश १ः कोसी अस्पतालका दुई डाक्टरले लगाए पहिलो खोप, आज २८ हजार ६०५ जनालाई लगाइने


विराटनगर – प्रदेश १ मा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप आजबाट लगाउन सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गरेसँगै सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेशमा खोप अभियान सुरु गरेका हुन् । विराटनगरको कोसी कोभिड–१९ अस्पतालमा कोसी अस्पतालका मेसु चुमनलाल दास र डा. दीपक सिग्देलले पहिलो खोप लगाएर अभियान सुरु गरिएको छ ।

प्रदेश–१ आज २८ हजार ६०५ जनालाई खोप लगाइने जनाइएको छ । खोप लगाउन मोरङमा पाँच, सुनसरीमा चार, इलाम र झापा तीन/तीन र बाँकी १० जिल्लामा एक/एक केन्द्र तोकिएको छ ।

प्रदेश–१ मा ३५ हजार ५७६ जनालाई खोप दिने सरकारको तयारी छ ।