काेराेना खोप अभियान सुरु भएकोमा हर्षित छुः राष्ट्रपति भण्डारी

काेराेना खोप अभियान सुरु भएकोमा हर्षित छुः राष्ट्रपति भण्डारी


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर कोभिड खोप लगाउन शुरू भएको डेढ महिनामा नेपालमा खोप अभियान सुरु गर्न लागेकोमा हर्षित भएको बताएकी छिन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले पढेर सुनाएको पत्रमा उनले कोभिड महामारीले मानव सभ्यतालाई चुनौती दिइरहेको बताएकी छिन् ।

उनले कोभिड महामारीमा अग्रपंतिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायतलाई धन्यवाद दिँदै यस अवस्थामा साथ दिने परिवार र समुदायप्रति पनि उनले आभार व्यक्त गरेकी छिन् ।

उनले खोप लगाएपछि पनि मास्कको प्रयोग, सामाजिक दूरी कायम गरी हातको सरसफाइ गर्न समेत अनुरोध गरेकी छिन् ।  नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन बुधबार आजबाट सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साढे १० बजे भर्चुअल माध्यमबाट कोरोना खोप अभियानको सुभारम्भ गरेका हुन् ।