दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार


काठमाण्डु – बुधबार आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा हिजो मंगलबार नेप्से परिसूचक १७.७९ अंकले घटेकोमा आज पुरानै लयमा फर्किर १८.८६ अंकले बढेको हो ।

बुधबार २ सय ८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार कित्ता सेयर ५९ हजार १ सय ५१ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ६२ लाख ३८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घटेको छ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएपछि उपसूचकहरूमा भने रातो देखिएको छ । व्यापार, निर्जीवन बीमा, वित्त र जीवन बीमा समूहको उपसूचक क्रमशः ३२.९६, ४६४.६८, ६७.५१ र १ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेका छन् ।

सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३३ दशमलव ७५ अंकले घटेको छ । त्यस्तै बैंकिङ समूह १२.१२, होटल समूह २४.३९, विकास बैंक समूह ६.२३, जलविद्युत समूह ४.७, वित्त समूह ६.७७ र अन्य समूह २.१९ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९३ करोड ३४ लाख २३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको १४ लाख ५४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकिक्ता ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा पोखरा फाइनेन्स लिमिटेडका लगानीकर्ता रहेका छन् उनीहरुले प्रतिकित्ता ७.०५ प्रतिशतका दरले गुमाएका छन् ।