प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्धाको सुनुवाई न्यायाधीश शर्माको इजलासमा

प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्धाको सुनुवाई न्यायाधीश शर्माको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ एउटै बेन्चमा तोकएिको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका रिटको सुनुवाइ आज न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्व प्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले पनि छेट्टाछुट्टै अवहेलान मुद्दा दायर गरेका हुन् ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलाना मुद्दा दर्ता भएको हो ।