काठमाण्डु – कोरोना भाइरस खोप अभियान अतर्गत आज दोस्रो दिन २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्र्रवक्ता डा. जागेश्वर गौतमले ७७ वटा जिल्लामा २८ हजार ७ सय ३२ जनाले खोप लगाएको बताए ।
प्रदैशन नम्बर १ मा ३८४७, प्रदेश २ मा २१७४, बागमतीमा ११हजार ४सय ६१, गण्डकीमा ४८५३, लुम्बिनीमा २३ सय ३, कर्णालीमा १६७७ र सुदुरपश्चिममा २४१७ जनाले खोप लगाएका छन् ।
उनले कोरोना खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए ।





प्रतिक्रिया