आज कुन राशिका लागि कति शुभ ? यसो भन्छ राशिफल

आज कुन राशिका लागि कति शुभ ? यसो भन्छ राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं. २०७७ साल माघ १६ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी २९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ, ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  पढाइ लेखाइमा ध्यान नजाँदा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यवसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धि साना तिना समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुँदा चिताएको काम सम्पादन गर्न सकिने छैन । मायाप्रेममा आफ्नो मायालुसँग दुरी बढ्ने योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैयाँपैसा कमाउन सक्नेछन् । मायाप्रेममा रमाउन चाहनेहरुका लागि भने समय मध्ययम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला ,काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दा पनी प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दुरकिो अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  स्वास्थ्य सम्बन्धि समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाइ लेखाइमा ध्यान नजाँदा अरुभन्दा पछी परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाव बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ