निर्वाचन आयोगलाई ओली पक्षले भन्याे : दल दर्ता अगाडि बढाउनुस्, हामी सहयोग गर्छौं

निर्वाचन आयोगलाई ओली पक्षले भन्याे : दल दर्ता अगाडि बढाउनुस्, हामी सहयोग गर्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता सुवास चन्द्र नेम्वाङले निर्वाचन आयोगमा आधिकारिकताको विवाद टुंगो लागेको बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेम्वाङले नेकपाकाे आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको बताएका छन् । उनले आयोग अब दल दर्ताको प्रक्रियामा जानुपर्ने र निर्वाचनबाट सबै टुंगो लाग्ने  विश्वास व्यक्त गरेका छन् ।

‘निर्वाचन आयोगले आधिकारिताबारे टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ,’ उनले भने ।

उनले आयोगलाई दल दर्ताको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको जानकारी दिए । उनले अदालतले अन्यथा आदेश नगरेको खण्डमा तोकिएको समयमा निर्वाचन गर्न आफूहरु प्रतिबद्ध रहेको जवाफ पाएकाे जानकारी दिए ।

‘दल दर्ता अगाडि बढाउनुस्, हामी प्राथमिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ नेम्वाङले भने, ‘आयाेगले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।’

यता प्रचण्ड–नेपाल समूहले आयोगले बोलाएको छलफलमा १८ गतेपछि मात्रै सहभागी हुनसक्ने जवाफ दिएको छ । प्रचण्ड–नेपाल समूहबाट प्रतिनिधित्व गरेका नेताहरुले आयोगलाई पत्र बुझाउँदै दुवै अध्यक्ष जिल्ला बाहिर भएकाले १८ गतेपछि मात्रै छलफलमा सहभागी हुने जवाफ दिएको हो ।