नेकपाबारे आयोगकाे स्पष्टिकरण : दाजुभाइले अंशमुद्दा नहालेसम्म छुट्टिएको भन्न मिलेन

नेकपाबारे आयोगकाे स्पष्टिकरण : दाजुभाइले अंशमुद्दा नहालेसम्म छुट्टिएको भन्न मिलेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे कुनै निर्णय नभएको स्पष्टिकरण दिएको छ ।

शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो । आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताए ।

‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन । उहाँहरूले नमागेको आधिकारिकता दिन हामीले पार्टी फुटाइदिने हो र !’, उनले भने, ‘नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’

उनले ओली र प्रचण्ड–नेपाल समूहलाई दाजुभाईको संज्ञा दिँदै एकले अर्कोलाई अदालतमा मुद्दा नहालेसम्म छुट्टिएको भन्न नमिल्ने बताए ।

‘दाजुभाइ झगडा गरेका छन् । एकले अर्कालाई गाली गरेको सबैलाई थाहा छ तर अदालतमा अंशमुद्दा नहालेसम्म त छुट्टिएको भन्न मिलेन,’ उनले भने ।

नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगको निर्णयपछि नेकपाको आधिकारिकतामा विवाद नरहेकाले आफूहरु नै आधिकारिक भएको बताएपछि प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको थियो ।

‘निर्वाचन आयोगले आधिकारिताबारे टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ,’ उनले भनेका थिए ।