काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे मौसम पूर्वानुमान गरेकाे छ । नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकाले मौसममा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। शनिबार राति प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको छ। अहिले बिहान देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ ।
साथै तराईका केही भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया