नेकपा ओली समूहले गर्‍यो लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी ?

नेकपा ओली समूहले गर्‍यो लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी ?


बुटवल – संसद विघटनपश्चात विभाजित नेकपाको ओली समूहले लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश कमिटी र लुम्बिनीका १२ वटै जिल्लामा जिम्मेवारी हेरफेर गरिएको हो ।

ओली समूहले यसअघिकी प्रदेश अध्यक्ष ओनसरी घर्तीलाई हटाएर उनको ठाउँमा लीला गिरीलाई अध्यक्ष बनाएको छ । लीला गिरी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री समेत हुन् ।

यस्तै ओली समूहले प्रदेशका जिल्ला कमिटीमा पनि प्रचण्ड–नेपाल समूहलाई हटाएर आफू निकटकालाई जिम्मेवारी दिएको छ । रुपन्देहीमा संयोजक शिव सुवेदी, सहसंयोजक तेजेन्द्र केसी र सचिवका रूपमा अनुप बराललाई जिम्मेवारी तोकिएको छ ।

यस्तै दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक, मनोहर बुढाथोकीलाई सचिवको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्ला दाङमा पुरानो कमिटीका टीकाराम खड्कासहित पदाधिकारीहरू प्रचण्ड–नेपाल समूहमा लागेपछि ओली समूह निकटलाई नयाँ जिम्मेवारी दिइएको हो

कपिलवस्तुमा साविककै झबिलाल पोखरेललाई संयोजक तोकिएको छ । सहसंयोजकमा डम्मर शर्मा र सचिव धर्म भुसाल रहेका छन् ।बाँकेमा संयोजकमा सूर्य ढकाल, सह–संयोजकमा किष्मत कक्षपति र सचिवमा प्रमोद धिताललाई तोकिएको छ ।

त्यस्तै बर्दियामा लालबहादुर श्रेष्ठ संयोजक, शालिकराम अधिकारी सहसंयोजक र पदम ढकाललाई सचिवको जिम्मेवारी दिइएको छ ।गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बालसिंह काउचा र सचिवमा धर्मबहादुर विकलाई तोकिएको छ । ओली समूहले प्युठानमा तुल्सीराम शर्मालाई संयोजकको जिम्मेवारी दिएको छ ।

पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य, सचिवमा ओमबहादुर घर्ती र नवलपरासी पश्चिममा संयोजकमा दीपेन्द्र अधिकारीलाई चयन गरिएको छ । त्यस्तै अर्घाखाँचीमा चेतनारायण आचार्यलाई संयोजक र तोजबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिइएको छ ।