प्रचण्ड–नेपाल समूहलाई प्रधानमन्त्रीको चेतावनीः लोतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ

प्रचण्ड–नेपाल समूहलाई प्रधानमन्त्रीको चेतावनीः लोतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई धम्की दिएको बताएका छन् ।

आफू नेतृत्वको नेकपाले शुक्रबार नारायणहिटीमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको जस्तो आफूले कसैलाई पनि धम्की नदिने बताएका छन् ।

‘अस्थीरताको राजनीतितर्फ जाने कि चुनावतर्फ जाने, म भन्छु अस्थीरतातर्फ होइन चुनावमा जाने । अस्थीरता होइन चुनाव चाहियो, जनता के भन्छ….. उहाँहरुको जस्तो हामी कसैलाई धम्की दिँदैनौं । हामी धम्की दिँदैनौं अनुरोध गर्छौं । उहाँहरुले निर्वाचन आयोग र अदालतलाई धम्की दिनुभयो । हाम्रा देशका निकायहरु स्वतन्त्र छन् विवेकसम्मत निर्णय गर्न चाहान्छन्’, उनले भने ।

प्रधानमन्त्री ओलीले देश चुनावतर्फ गएकाले कसको सरकार बन्ने भन्ने कुरा चुनावले फैसला गर्ने बताए । उनले प्रचण्ड–नेपाल समूहले निर्वाचन रोक्न दबाब दिएको बताए । उनले लोकतन्त्रमाथि कर्के आँखा नलगाउन प्रचण्ड–नेपाल समूहलाई चेतावनी दिएका छन् ।

‘अब देश चुनावतर्फ गयो गयो । कसको सरकार बन्नुपर्छ अब चुनावले फैसला गर्छ । निर्वाचन आयोगमा एर निर्वाचनको तयारी नगर भन्ने निर्वाचन नगर्दा लोकतन्त्र रे । निर्वाचन गर्दा देश संकटमा पर्छ ? देशलाई संकटमा पर्न दिनु हुँदैन । अब कसैले पनि लोकतन्त्र खोस्न सक्दैन’, उनले भने, ‘लोकतन्त्रको भविष्य उज्ज्वल छ । लोतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ । यो देश अब अघि बढ्यो बढ्यो । संसद विघटन संविधानसम्मत छ छैन् भनेर बहस चलिरहेको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार छ । काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ ।’