काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहले नेपाल बन्दमा जलाइएको ट्याक्सीको क्षतिपूर्ती दिने भएको छ ।
बिहीबार प्रचण्ड–माधव नेपाल समूहको नेपाल बन्दका क्रममा सामाखुसीमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने उपप्रधानमन्त्री ईश्वर पोखरेलले घोषणा गरेका हुन् ।
हिजो बिहीबार प्रचण्ड–नेपाल पक्षले गरेको आमहडतालमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने बताएका छन्।
त्यस्तै प्रधानमन्त्री ओलीले पनि नेपाल बन्दमा जलाइएको ट्याक्सीको क्षतिपूर्ति दिने बताए । ‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलायो,’ उनले भने,‘धन्न चालक बचे । ट्याक्सीको बिमा गरेको छ होला । क्षतिपूर्ति सरकारले दिन्छ । जनतालाई मन पराउने सरकार छ ।’
बिहीबार काठमाण्डुको सामाखुसीमा प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाइएको थियो ।




प्रतिक्रिया