राजतन्त्र र हिन्दुराष्ट्रबारे प्रधानमन्त्री ओलीले नारायणहिटीबाट के भने ?

राजतन्त्र र हिन्दुराष्ट्रबारे प्रधानमन्त्री ओलीले नारायणहिटीबाट के भने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउने हल्लाबारे आपत्ति प्रकट गरेका छन् ।

नेकपाको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताएका छन् । उनले आफू राजतन्त्र पाल्नका लागि जेल बसेको बताए ।

ओली समूहको नेकपाले नारायणहिटठीमा जनसभा राखेपछि विभिन्न टिका टिप्पणी हुन थालेका थिए । कतिपयले प्रधानमन्त्री ओलीले नारायणहिटीबाट हिन्दुराष्ट्र र राजतन्त्रको घोषणा गर्ने आशंका गरेका थिए ।

‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् । कहिले केपी ओलीले आजको सभा केका लागि भनेर हिजोसम्म पनि भन्दै थिए, आज बिहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै थिए । राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले । जो केपी ओली आधा दशकभन्दा बढी समय गणतन्त्रका लागि लड्यो’, ओलीले भने, ‘लोकतन्त्रका लागि लड्यो । आधाभन्दा बढी समय समानता र न्यायका लागि लड्यो । त्यो केपी ओलीले राजतन्त्रले राजतन्त्र फर्किएको घोषणा गर्छ रे हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’