ग्लोबल आइएमई बैंकको २६८औं शाखा धनुषाको ढल्केबरमा

ग्लोबल आइएमई बैंकको २६८औं शाखा धनुषाको ढल्केबरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसादबास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६८ पुगेको छ । शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालनगर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए ।

“सबैका लागि बैंक”भन्ने मुलनारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उनले बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेकाअन्य क्षेत्रमा पनि सम्भव भएसम्म शाखा विस्तार गर्दै वाशाखा रहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवाप्रदानगर्ने बताए ।

उनले बैंकले अबकादिनमाथप सबल र सक्षमबन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवाप्रदानगर्ने बताए । प्रमुखजिल्लाअधिकारी बास्तोलाले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रुपमा स्थापितहुनेगरी कामगर्न सुझाव दिए ।

कार्यक्रममामिथिलाउद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्षललितकुमार साह, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार, थाहा उद्योग वाणिज्य संघका अध्यक्षदिनेश कुमार श्रेष्ठ तथामिथिलानगरपालिका वडा नं. ६ काअध्यक्षभक्तबहादुर बलम्पाकी लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी, बैंकका कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँचपु ¥याउने उद्देश्यले देशका७४ जिल्लामा फैलिएको २६८शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथाराजश्व संकलन काउण्टर, २४५शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतआफ्ना २२ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दैआइरहेकोछ।