डोल्पा- जाजरकोट–डोल्पा सडकको खदाङ–त्रिपुराकोटखण्डस्थित चिप्लेभिरमा ढुंगा लागेर मृत्यु भएका मजदुरका परिवारलाई नेपाली सेनाले दश–दश लाख क्षतिपूर्ति दिने भएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा मंगलबार ढुंगा लागेर रुकुमको आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र वडा नं. १२ का अमृत रानामगरको मृत्यु भएको थियो । त्यस्तै, वडा नं. ९ का शक्तिबहादुर शाही गम्भीर घाइते भएकाे खबर अाजकाे नयाँपत्रिका दैनिकमा छ ।
जाजरकोट–डोल्पा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाको टोलीसँगै सर्वसाधारण पनि काम गर्दै आएका छन् ।




प्रतिक्रिया