उमेर ढाँटेर जागिर : पेन्सन पट्टा रोक्का, डेढ करोड असुली

उमेर ढाँटेर जागिर : पेन्सन पट्टा रोक्का, डेढ करोड असुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ । अनिवार्य अवकाशको मिति ढाँटेर चार-पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन् ।

सेवा अवधिभन्दा बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट १ करोड ४० लाख रुपैयाँ असुल उपर गरिएको निजामती किताबखानाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिएकाे खबर अन्नपुर्णपाेस्टमा छ ।

ढाँटेर जागिर खाइरहेको सूचनाका आधारमा किताबखानाले भिजिलेन्स (गम्भीरतापूर्पक फाइल केलाउने) अभियान सञ्चालन गर्दा ती कर्मचारी फेला परेका हुन् । त्यस्ता कर्मचारीबाट किताबखानाले हालसम्म लिएको सम्पूर्ण तलब, सुविधा र भत्ता जफत गर्दै पेन्सन पट्टा रोक्का गरेको छ ।