रकम अभावले हुलाकी सडक निर्माण सुस्त

रकम अभावले हुलाकी सडक निर्माण सुस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके- रकम अभाव भएपछि हुलाकी सडक निर्माणकार्य सुस्त भएको छ । हुलाकी सडक कार्यालयले निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसकेपछि केही समय अघिदेखि गति लिएको निर्माणकार्य पुनः सुस्ताएको हो ।

हुलाकी सडक कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर सौरभ बज्राचार्यले निर्माण कम्पनीलाई काम गरेको बिल, भर्पाईको आधारमा भुक्तानी दिनुपर्ने भए पनि तीन महिना अघिदेखिको रकम दिन नसकेको बताए ।

प्रमुख इन्जिनियर बज्राचार्यले हुलाकी सडक निर्माणका लागि हुलाकी राजमार्ग महाशाखासँग आवश्यक रकम माग गरे पनि नपठाएको बताए ।बज्राचार्यका अनुसार कात्तिक–मंसिरमा १५ करोड माग गरेकोमा हुलाकी राजमार्ग महाशाखाले वैशाख दोस्रो साता तीन करोड रुपैयाँ मात्र पठाएको छ ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।