काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरमा दुई घण्टा बिताउने छन् ।
निकै व्यस्त भ्रमण तालिकासहित प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट सुरु हुने दुईदिने भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ, रामायण सर्किटको उद्घाटन र जनकपुर–अयोध्या बस सेवा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्ने तय भएको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयका महावाणिज्यदूत बीसी प्रधानले जानकारी दिएकाे खबर अन्नपुर्णपाेस्टमा छ । ।
जानकी मन्दिरका महन्थका उत्तराधिकारी (छोटे महन्थ) रामरोशनदास वैष्णवले दिएको जानकारीअनुसार, प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदी दुवै जनाले पूजा गर्नसक्ने गरी मन्दिरले तयारी गरेको छ । तर मन्दिरमा मोदीलाई स्वागत गर्ने प्रधानमन्त्री ओलीले मोदीसँगै पूजा गर्ने वा नगर्ने एकीन जानकारी मन्दिरलाई छैन ।




प्रतिक्रिया