प्रहरीको सोधपुछपछि रामकुमारी झाँक्री रिहा, मुद्दा चलाइएन

प्रहरीको सोधपुछपछि रामकुमारी झाँक्री रिहा, मुद्दा चलाइएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।

बिहीबार बिहान शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ रिहा भएको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनलाई श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको एसएसपी थापाले जानकारी दिए ।

प्रहरी समक्ष झाँक्रीले राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहने बताएकी थिइन् । झाँक्रीमाथि कुनै मुद्दा नचलाइएको उनले बताए ।

झाँक्रीको भनाई उद्धृत गर्दै एसएसपी थापाले भने, ‘नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ ।’

उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको थियो । राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी थिइन् ।