काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले मुलुकमा आंशिकदेखि सामान्य बदली रहने जनाएकाे छ ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शुक्रबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश नम्बर १ मा आंशिक बदली रहने छ ।
प्रदेश नम्बर २ मा भने रातिको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ ।




प्रतिक्रिया