जनयुद्ध दिवस भव्यताका साथ मनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

जनयुद्ध दिवस भव्यताका साथ मनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले जनयुद्ध दिवस भव्यताका साथ मनाउने भएको छ । प्रचण्ड–नेपाल समूहले फागुन १ गते पर्ने जनयुद्ध दिवस भव्यताका साथ मनाउन आग्रह गरेको हो ।

केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गरेका छन् ।