धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्छ : भीमसेनदास प्रधान

धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्छ : भीमसेनदास प्रधान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्ने बताएका छन् ।

नेपाल गृहस्थ धर्मसेवा सदनले आज काठमाण्डुमा आयोजना गरेको ‘सहभोज कार्यक्रम तथा पत्रकार सम्मेलन’मा उनले पछिल्लो समय विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बढेको भन्दै त्यसलाई रोक्नका लागि जनस्तरबाटै पहलकदमी लिनुपर्ने बताएका हुन् ।

“धर्मका बारेमा ज्ञान भएको नेतृत्व अहिले मुलुकलाई चाहिएको छ”, उनले भने । पूर्वरक्षामन्त्री प्रधानले परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व भएको बताए ।

काठमाण्डु महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले धर्मको रक्षा गर्ने दायित्व जनताको भएको बताए । धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाउने उनको भनाइ थियो ।