काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीका तीन वटा कदम ‘नोट’ योग्य भएको बताएका छन् ।
आइतबार ट्वीटमार्फत नेता रिजालले प्रधानमन्त्री ओलीका तीन वटा कदमले दलको आधिकारिकता र प्रतिनिधिसभा पुर्नस्थापनाका बारेमा बुझ्न सहज भएको बताएका छन् ।
उनले उनले प्रधानमन्त्री ओलीले तीन कदम भनेर निर्वाचन आयोगप्रतिको गुनासो, प्रतिनिधि सभा विघटनको विपक्षमा फैसला आए आन्दोलन गर्ने चेतावनी र प्रचण्ड–नेपाल समूहमा रहेका विघटित प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ र प्रदेशसभा सदस्य उषाकला राईलाई आफ्नो समूहमा ल्याउनका लागि गरेको मेहेनतलाई उल्लेख गरेका छन् ।
‘निर्वाचन आयोगले देखिने गरी काम गर्न नसकेको गुनासो, सेटिङमा मुद्दा हराएमा आन्दोलन गर्ने घोषणा र ठूलो मिहिनेतमा प्रस सदस्य शेरबहादुर तामाङलाई ल्याउने कदम’, उनले भनेका छन् ।




प्रतिक्रिया