मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेश सभा बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

आइतबार दिउँसो २ बजेका लागि बोलाईको बैठक अबेर गरी बसेको थियो । अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

आइतबार बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्न दबाव दिएका थिए । तर सभामुख प्रदीपकुमार भण्डारीले ढिलो गरि भए पनि बैठक राखेका हुन् ।