प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)

प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६८ वटा जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाइएको हो ।

जसअनुसार तत्कालिन एमालेले ३३ र तत्कालिन माओवादीले ३५ वटा जिल्लामा नेतृत्व पाएकाे छ । बाँकी ९ वटा जिल्लामा पनि चाँडै नेतृत्व टुंगाे लगाइने नेकपाले जनाएकाे छ ।

प्रचण्ड–नेपाल समूहले तत्कालिन एमाले र माओवादीलाई ५०–५० का आधारमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन् ।