धनगढीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

धनगढीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।