काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका दुई जना नेताले जिल्ला सचिवमा नबस्ने घोषणा गरेका छन् । काठमाण्डु जिल्ला कमिटीको सचिवबाट हिमाल शर्मा र भोजपुरका जिल्ला सचिव विमल खड्काले सचिव पद अस्वीकार गरेका हुन् ।
प्रचण्ड–नेपाल समूहले काठमाण्डुमा बसन्त मानन्धर र भोजपुरबाट शरणकुमार राईलाई जिल्ला अध्यक्ष बनाएको थियो । शर्माले आफू केन्द्रीय कमिटीमा रहेकाले अन्य साथीहरुलाई जिम्मेवारी दिन दुवै अध्यक्षलाई जानकारी गराएको बताए । खड्काले भने अर्को व्यक्तिलाई जिल्ला अध्यक्ष बनाएको भन्दै असन्तुष्टी जनाएका छन् ।
प्रचण्ड–नेपाल समूहले आज ६८ जिल्लाको नेतृत्व बाँडफाँड गरेको थियो । जसमा ३५ जिल्ला तत्कालिन माअोवादी र ३३ जिल्ला एमालेको भागमा परेका छन् ।




प्रतिक्रिया