संसद विघटन मुद्धामा हामीलाई सर्वोच्चको फैसला स्वीकार्य छः उपप्रधानमन्त्री पोखरेल

संसद विघटन मुद्धामा हामीलाई सर्वोच्चको फैसला स्वीकार्य छः उपप्रधानमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटनबारेमा सर्वोच्च अदालतले गर्ने फैसला आफुहरुलाई स्वीकार हुने बताएका छन् ।

ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले अदालतले जे फैसला गरे पनि आफुहरुलाई मान्य हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले सर्वाेच्चले जे फैसला गरे पनि आफ्नो पार्टीलाई मान्य हुने धारणा सार्वजनिक गरेका हुन् ।

‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन,’ उनले भने । चुनावमा जाने कुरालाई पनि अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने जिकिर पनि गरे ।

यस्तै उनले सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने उल्लेख गर्दै निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने बताए ।

नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने पोखरेलले विश्वास व्यक्त गरे । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका कारण नेकपा फुटेको बताए ।