मंगलबार बढ्यो सुनको मूल्य, कति पुग्यो ?

मंगलबार बढ्यो सुनको मूल्य, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले बढेको छ ।

सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ११०० ले बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।