काठमाण्डु – नवनियुक्त प्रदेश नम्बर २ का नवनियुत्तः प्रदेश प्रमुख राजेश झाले सडकमा पछट्पटाइरहेका घाइतेहरुको उद्धार गरेका छन् ।
मंगलबार बिहान नेपाली सेनाको कार्यक्रममा सहभागी हुन जनकपुरबाट जितपुर गइरहेका झाले बाराको निजगढ जंगलमा सडक दुर्घटनामा छट्पटाइरहेका चार जनाको उद्धार गरेका हुन् ।
उनले आफूले मानवीयताका हिसाबले घाइतेको उद्धार गरेको प्रतिक्रिया दिए । प्रदेश प्रमुख झाले आफ्ना लागि नागरिक सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको बताए ।




प्रतिक्रिया