जे समस्या देखेका थियौं, त्यो त कायमै रहने भयोः मन्त्री ज्ञवाली

जे समस्या देखेका थियौं, त्यो त कायमै रहने भयोः मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । नेकपा केपी शर्मा ओली समूहका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले संसद विघटन बदर गर्ने अदालतको फैसललाई सम्मान गर्ने बताएका हुन् ।

‘फैसला अपेक्षित थिएन । तर, सरकारमा भएको नाताले फैसलालाई स्वीकार गर्छौं’, उनले भने ।

मन्त्री ज्ञवालीले आफूहरुले देखेको समस्या भने कायम नै रहेको बताएका छन् ।

‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो’, उनले भने ।