काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले एक जना स्वकीय अधिकृतलाई पदबाट हटाएका छन् ।
प्रचण्ड–माधव नेपाल समूहलाई सूचना चुहाएको भन्दै गृहमन्त्री बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका हुन् । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले ३० माघ गतेबाट लागू हुने गरी तामाङलाई हटाइएको जानकारी दिए ।
पूर्वमाओवादी कोटाबाट गृहमन्त्री बनेका बादल अहिले केपी शर्मा ओली खेमामा लागेका छन् । तामाङमाथि बादलमार्फत ओली समूहका सूचना प्रचण्ड समक्ष पुर्याउँदै आएको आरोप छ । त्यस्तै उनले युवा संघको एकता भाँडेको भन्दै गृहमन्त्री बादलले उनलाई पदबाट हटाएका हुन् ।




प्रतिक्रिया