काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने सम्भावना रहेको छ ।
त्यस्तै बैठकले विभिन्न मन्त्रालयका नियमित एजेण्डामाथि छलफल र निर्णय हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आइतबार झापाबाट विप्लव नेतृत्वको नेकपासँग छिट्टै सहमति हुने बताएका थिए ।
‘ तपाईंहरुलाई खुशीको खवर छ । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं,’ उनले भनेका थिए ।
सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ । नेकपा विभाजन भएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग संवादलाई अघि बढाएका छन् ।




प्रतिक्रिया