विकास निर्माणको शिलान्यासमा व्यस्त प्रधानमन्त्री ओली, आज पोखरा जाँदै

विकास निर्माणको शिलान्यासमा व्यस्त प्रधानमन्त्री ओली, आज पोखरा जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।

नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज पोखरा जान लागेका हुन । आज बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जाँदैछन् ।

प्रधानमन्त्री ओली आज पोखरा विमानस्थलमा अवतरणपछि नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी दिउँसो १ बजे पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुनेछन् । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रङ्गशाला जाने कार्यक्रम तय भएको छ ।

ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि अत्यावश्यक स्वीमिङ र सुटिङका पूर्वाधार हालसम्म निर्माण शुरु नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने राखेप सदस्य राजेश राजेश गुरुङले जानकरी दिए ।

यसअघि पोखरामा १३औँ सागका केही खेल भव्यताका साथ सम्पन्न भएकोमा प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय खेलकूदको भव्य तयारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रङ्गशालाका विभिन्न स्थानमा स्वागतद्वारसहित राष्ट्रिय झन्डाले रङ्गशाला सिंंगारिएको छ । प्रधानमन्त्री ओली आजै काठमाण्डु फर्किने छन् ।

नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पार्टीका साथै विकास निर्माणको उद्घाटन र शिलान्यासमा व्यस्त छन् । त्यस्तै अर्का अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री ओलीले चालेका कदमका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।